नियम ३०
मेलमिलापका लागि पठाउने
: (१) कानून बमोजिम मिलापत्र हुन सक्ने कुनै मुद्दामा पक्षहरुका: बीच मेलमिलाप गराउनु उपयुक्त छ भन्ने इजलासलाई लागेमा रु मेलमिलाप प्रक्रिया अपनाउन पक्षहरुको सहमति भएमा त्यस्तो मुद्दा मेलमिलापको लागि मेलमिलापकर्ता समक्ष पठाउने गरी इजलासले आदेश दिन सक्नेछ।
(२) उपनियम: (१) बमोजिम एकपटक मेलमिलापका लागि पठाएको मुद्दामा मेलमिलाप हुन नसकेको अवस्थामा पनि मुद्दाको दुवै पक्षको- सहमति भएमा र पुनः मेलमिलाप प्रक्रिया अपनाउन उपयुक्त र मनासिब छ भन्ने इजलासलाई लागेमा मेलमिलापका लागि पुनः पठाउने आदेश दिन सकिनेछ।
(३) उपनियम (१) वा (२) बमोजिम मेलमिलाप गराउने गरी आदेश दिँदा विवादित विषयवस्तुको जटिलता, मुद्दामा संलग्न पक्षहरुको सङ्ख्यात्मक स्थिति, विवादित विषयको प्रकृति, मेलमिलापमा लाग्ने स्वभाविक समय आदि कुरालाई विचार गरी मेलमिलापको लागि एकै पटक वा पटक-पटक गरी बढीमा तीन महिनासम्मको समय प्रदान गर्न सकिनेछ।
(४) इजलासले मेलामिलापको लागि आदेश दिँदा सामान्यतया एकजना मेलमिलापकर्ताबाट मेलमिलाप गराउने गरी दिनु पर्नेछ।
तर मुद्दाका पक्षहरुले एकजनाभन्दा बढी मेलमिलापकर्ताबाट मेलमिलाप गराई पाउन अनुरोध गरेमा वा विवादको जटिलता तथा संलग्न पक्षहरुको सङ्ख्यासमेतको दृष्टिले एकजनाभन्दा बढी मेलमिलापकर्ताबाट मेलमिलाप गराउनु उपयुक्त छ भन्ने इजलासलाई लागेमा दुवै पक्षको सहमतिमा बढीमा तीनजना मेलमिलापकर्ताबाट मेलमिलाप गराउने गरी आदेश दिन सकिनेछ।